PahiloPost

Apr 25, 2026 | १२ बैशाख २०८३

१० फोटोमा हेर्नुस् भारतीय सेनाध्यक्षलाई राष्ट्रपतिले मानार्थ महारथी बनाउँदाको क्षण

१० फोटोमा हेर्नुस् भारतीय सेनाध्यक्षलाई राष्ट्रपतिले मानार्थ महारथी बनाउँदाको क्षण

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय सेनाका स्थल सेनाध्यक्ष जनरल विपिन रावतलाई नेपाली सेनाको मानार्थ महारथी पद प्रदान गरेकी छिन्।

आज राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहमा नेपाली सेनाको परमाधिपतिसमेत रहेकी राष्ट्रपति भण्डारीले सो पदवी प्रदान गरेकी हुन्। भारतीय सेनाध्यक्षलाई नेपालको र नेपालको सेनाध्यक्षलाई भारतको मानार्थ सेनाध्यक्ष दिने प्रचलन छ। 

समारोहमा रक्षा मन्त्री, नेपाल सरकारका मुख्य सचिव, प्रधान सेनापति, नेपालका लागि भारतका राजदूत, भूतपूर्व प्रधानसेनापतिहरु, नेपाली सेनाका रथीहरु, उपरथीहरु, भारतीय सेनाका पदाधिकारीलगायत नेपाल सरकारका उच्च अधिकारीहरु समेतको उपस्थिति रहेको थियो।

भारतीय सेनाको २७ औँ सेनाध्यक्षका रुपमा रावतको सन् २०१६ डिसेम्बर ३१ मा नियुक्त भएका थिए। उनले यसअघि भारतीय सेनाका गोर्खा रेजिमेन्ट् प्रमुखका रुपमा जिम्मेवारी सम्हालिसकेका छन्। 
फोटो : रासस
फोटो : रासस
फोटो : रासस
फोटो : रासस
फोटो : रासस
फोटो : रासस
फोटो : भारतीय दुतावास
फोटो : भारतीय दुतावास


ट्रेन्डिङ पोस्ट

Ncell