काठमाडौँ : सामाजिक सञ्जालमार्फत महिलालाई धम्की दिई चरित्रहत्या गरेको आरोपमा बैतडी देहमाण्डौँ-६ बस्ने २३ वर्षीय राजबहादुर बोहरा पक्राउ परेका छन्।
प्रहरीले उनलाई सामाजिक संजालको दुरुपयोग गरी विभिन्न माध्यमबाट व्यक्तिगत चरित्र हत्या गर्ने तथा अवाञ्छित कृयाकलापमार्फत मानसिक पीडा दिई समाजमा भ्रमपूर्ण नकारात्मक सन्देश फैलाएको आरोपमा पक्राउ गरेको हो।
पटक-पटक विभिन्न बहाना बनाई टेलिफोनमार्फत एक महिलासँग कुराकानी गर्दै एक दिन अप्रत्यासित रुपमा रातको समय कोठामा प्रवेश गरेको र नशालु पदार्थ खुवाई अश्लील भिडियो खिचेर सोही भिडियो मसँग छ भन्दै पैसा तथा गरगहना ठगी गर्ने कार्यमा संलग्न रहेको प्रहरीले जनाएको छ।
प्रहरीले केन्द्रीय अनुसन्धान व्युरोमा ल्याई उनलाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान कार्य अगाडि बढाएको छ।