PahiloPost

Mar 25, 2026 | ११ चैत्र २०८२

बेलायत युरोपेली संघबाट बाहिरिने प्रक्रिया औपचारिक रुपमा सुरु



पहिलोपोस्ट

बेलायत युरोपेली संघबाट बाहिरिने प्रक्रिया औपचारिक रुपमा सुरु

लन्डन : बेलायतले युरोपेली संघबाट बाहिरिने प्रक्रिया (ब्रेक्जिट) बुधबार सुरु गरेको छ। पुरानै अवस्थामा नरहने र ऐतिहासिक मोडतर्फ मुलुकलाई लैजान चाहेकाले संघबाट बाहिरिने प्रक्रिया सुरु गरेको बेलायतले जनाएको छ। 

संघको ६०औँ वार्षिकोत्सव मनाएको केही दिनपछि बेलायत संघबाट बाहिरिने पहिलो देश बनेको हा । ‘यो एउटा ऐतिहासिक क्षण हो, जहाँबाट हामी पछाडि फर्कन चाहन्नौँ’, प्रधानमन्त्री थेरेसा मेले संसदमा भनिन्।

बेलायतका जनताले संघबाट बाहिरिने पक्षमा मतदान गरेको केही महिनापछि प्रधानमन्त्री मेले आगामी दुई वर्षमा बेलायत बाहिरिने गरी प्रक्रिया सुरु गरेकी हुन्। 

ब्रसेल्समा रहेका ब्रिटिस राजदूत सर टिम ब्यारोले युरोपेली परिषद्का अध्यक्ष डोनल्ड टुस्कलाई प्रक्रिया अगाडि बढाउने पत्र दिएका छन्। पत्र पाएपछि अध्यक्ष टुस्कले आफूहरुले बेलायतलाई गुमाउनु पर्दा दुःख लागेको बताउँदै यस बारेमा चाँडै छलफल सुरु गर्ने जानकारी दिए। 

सम्बन्ध विच्छेदबारेको सहमति र भविष्यमा ब्रिटेन र इयुको सम्बन्धका बारेमा छलफल हुने भएको हो। 

गत जुनमा भएको जनमत संग्रमा ब्रेक्जिट पक्षधर विजयी भएपछि संघसँग बेलायतको लामो सम्बन्ध तोडिने निश्चित भएको थियो। रासस÷एएफपी
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell