
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नवनियुक्त भारतीय राजदूत मन्जिव सिंह पुरीबीच शिष्टाचार भेटवार्ता भएको छ।
बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री दाहालले नवनियुक्त राजदूत पुरीलाई कार्यकाल सफलताको शुभकामना व्यक्त गरे। भेटमा प्रधानमन्त्रीले नेपाल र भारतबीच निकटको सम्वन्ध रहँदै आएको बताउँदै राजदूत पुरीको कार्यकालमा सम्बन्ध अझ प्रगाढ रहनेमा विश्वास व्यक्त गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।
भेटका अवसरमा राजदूत पुरीले नेपालमा रहेर काम गर्ने मौका पाएकोमा खुसी व्यक्त गर्दै दुई देशको आपसी हित र सम्बन्ध विकासमा आफ्नो भूमिका रहने बताए।