PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

चुनाव नजिकिँदै गर्दा हुम्लामा नागरिकता लिने बढे



पहिलोपोस्ट

चुनाव नजिकिँदै गर्दा हुम्लामा नागरिकता लिने बढे

हुम्ला : जिल्ला प्रशासन कार्यालयमा तीनदेखि नागरिकता लिनेको भीड लागेको छ। नजिकै आएको निर्वाचनका लागि युवायुवतीले नागरिकता बनाउनका लागि यहाँ आएका छन्।

सामान्य दिनमा दैनिक चार/पाँचवटा मात्र नागरिकता वितरण हुने सो कार्यालयबाट अहिले दैनिक एकसयभन्दा बढिले नागरिकता प्राप्त गरेको कार्यालयले जनाएको छ।

प्रजिअ धनप्रसाद शर्मा पौडेलले चुनावको वातवरण तयार भएपछि अहिले कुनाकाप्चामा रहेका युवायुवतीले समेत नागरिकताका लागि दरखास्त दिएको बताउँदै अहिलेसम्म चारसय पाँचजनाले नागरिकता लिइसकेको जानकारी दिए।

म्यादी प्रहरीमा जागिर खाने उद्देश्यले पनि नागरिकता लिन आउनेको सङ्ख्या बढेको बताइएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell