PahiloPost

Dec 25, 2024 | १० पुष २०८१

अहेब बबिताको हत्या रहस्यमय बन्दै, श्रीमान् सम्पर्कविहीन



राधेश्याम पटेल

अहेब बबिताको हत्या रहस्यमय बन्दै, श्रीमान् सम्पर्कविहीन

वीरगन्ज : गत चैत १३ गते हत्या गरेर बोरामा हाली फालिएको अवस्थामा बारा प्रसौनी गाविस-८ स्थित सिङ्याही खोला किनारमा एक महिलाको शव फेला पर्‍यो।

खेतमा काम गर्न गएका स्थानीयले खोला किनारमा बोराभित्र शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरे। विवाहित ती महिला को हुन् भन्नेबारे तत्काल पहिचान खुल्न सकेन। पहिले भित्रपट्टि जुटको र बाहिर प्लास्टिकको बोरामा पोको पारेर उनलाई फालिएको हुनाले घटना रहस्यमय हुने ठान्दै प्रहरी अनुसन्धानमा जुट्यो।

पोस्टमार्टमपछि प्रहरी अनुसन्धानले पुष्टि गर्‍यो, उक्त शव पर्साकी अहेब बबिता पण्डितको हो। जिल्ला जनस्वास्थ्य कार्यालय पर्सा मातहत खटाइएकी अहेब पण्डित वीरगन्ज –२५ रामगढवा स्वास्थ्य चौकीमा कार्यरत थिइन्। घाँटी थिचेर हत्या गरेको उनको पोस्टमार्टम रिपोर्टमा देखिएको छ।

वीरगन्जबाट ४ किलोमिटर पश्चिममा उनको कार्यालय छ। पण्डित वीरगन्ज –१८ भिस्वामा बस्दै आएकी थिइन्।

तर अहिले घटनामा अहेब पण्डितकै श्रीमान् अमरेन्द्र पण्डितको संलग्नता रहेको बारा प्रहरीले अंशाका गरेको छ। अनुसन्धान गर्दा रहस्य खुल्दै गएको र श्रीमान् पनि संलग्न हुन सक्ने देखिएको बारा प्रहरीका प्रहरी निरीक्षक अरुणकुमार कुशवाहाले बताए। सर्लाही सिसौटियाया स्थायी ठेगाना भएकी पण्डितका श्रीमान् शिक्षक हुन्।पारिवारिक रिसइबीका कारण बबिताको हत्या गरी छोरी तेजललाई लिएर शनिबार राती नै उनका श्रीमान् सर्लाही सिसौटिया भागेको प्रहरीको अनुमान छ।

शुक्रबारसम्म स्वास्थ्यचौकी रामगढवामा काम गरेपछि बबिता बेपत्ता भएकी थिइन्। प्रहरीलाई प्राप्त सूचना अनुसार श्रीमान् अमरेन्द्र प्रत्येक शुक्रबार वीरगन्ज आई छोरी र पत्नीलाई भेट्ने गरेका थिए। र आइतबार बिहान घर फर्कने गरेको घरधनीले दिएको बयानलाई उदृत गर्दै प्रहरीले जनाएको छ।

घटनाको दिन पनि अमरेन्द्र बबितालाई भेटन आएका थिए तर बिहानै बेपत्ता भएका उनी हालसम्म सम्पर्कविहीन छन्।

पाँच वर्षीया छोरीसँग बस्दै आएकी बबिताको हत्याको दिन छोरी कसरी आफ्नो घर सर्लाही, सिसौटिया पुगिन् भन्ने विषयमा प्रहरीले अनुसन्धान तीव्र बनाएको छ।

सम्बन्धित समाचार



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell