PahiloPost

Aug 1, 2026 | १६ साउन २०८३

लागुऔषध ब्राउन सुगरसहित एक पक्राउ



पहिलोपोस्ट

बाँके : लागुऔषध ब्राउन सुगरसहित बाँकेमा एक जना पक्राउ परेका छन्।  

दाङ घोराही उपमहानगरपालिका–१० बस्ने २० वर्षीय पोषण कुमार श्रेष्ठलाई प्रहरीले बुधबार ६ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय जमुनाह चेकप्वाईन्टमा प्रहरी टोलीले भारतको रुपैडिहाबाट नेपालगञ्जतर्फ आउँदै गरेका श्रेष्ठलाई चेकजाँच गर्दा उक्त ब्राउन सुगर बरामद भएको जनाएको छ।

श्रेष्ठलाई हिरासतमा राखेर थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell