PahiloPost

Apr 25, 2026 | १२ बैशाख २०८३

सञ्जय दत्तको बायोपिकका लागि रणबीर कपूर लुक्ने



पहिलोपोस्ट

सञ्जय दत्तको बायोपिकका लागि रणबीर कपूर लुक्ने

बलिउड अभिनेता सञ्जय दत्तको जीवन कथामाथि बन्न लागेको बायोपिक प्रोडक्शनकै क्रममा पनि चर्चामा छ। बायोपिकमा अभिनेता रणबीर कपूर सञ्जय दत्तको रुपमा देखिने भएपछि फिल्म अझ चर्चामा आयो। 

फिल्ममा रणबीर विभिन्न उमेर र अवस्था भोगेका सञ्जयको रुपमा प्रस्तुत हुँदै छन्। जसका लागि फिल्म अवधिभर रणबीरको लुक्स एउटै हुने छैन। फिल्मकै लागि रणबीरले १३ किलो तैल बढाउन पर्ने फस्टपोस्टले जनाएको छ। र कारागारको जीवन भोगेको प्लटका लागि सो तौल घटाउन पर्ने उल्लेख गरिएको छ। 

फिल्ममा उनी ६ रुपमा प्रस्तुत हुँदैछन्। तर रणबीरले फिल्म प्रोडक्शन र पोस्टप्रोडक्शन अवधिभर सार्वजनिक रुपमा नदेखिने भएको छन्। फिल्मको छायांकन क्लोज्ड स्टुडियोमा भइरहेको छ। 

टाइम्स अफ इन्डियाले जनाए अनुसार फिल्म निर्देशक राजकुमार हिरानीले उनलाई सार्वजनिक कार्यक्रमहरुमा नदेखिन आग्रह गरेका छन्। उनले सुटिङको समयमा पनि धेरै यताउता नगर्न भनेका छन्। 

'दत्त' नाम दिइएको फिल्ममा सोनाम कपूर, परेश रावल, विक्की कुशल, जिम सर्भ, दिया मिर्जालगायतको अभिनय रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell