PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

आफैँले जन्माएको बच्चा मार्ने आमा पक्राउ



पहिलोपोस्ट

आफैँले जन्माएको बच्चा मार्ने आमा पक्राउ

भक्तपुर : आफैले जन्माएको बच्चा मारेको अभियोगमा प्रहरीले चाँगुनारयण नगरपालिका–३ झौखेल डेरा गरी बस्ने रामेछाप गौसरा–१ घर भएकी २१ वर्षीया साहिली तामाङलाई पक्राउ गरेको छ।

बुधबार बिहानदेखि डेलीभरीसम्बन्धी व्यथा लागेकोले तामाङका श्रीमान् मेघबहादुर तामाङले गाउँमा गई पैसा खोजेर जिल्ला अस्पताल ल्याउँदा डाक्टरले बच्चाको जन्म बाहिर भइसकेको भनी बताएको र आमाको साथमा बच्चा नभएपछि उनले प्रहरीमा खबर गरेका थिए।

प्रहरीले साहिली तामाङलाई नियन्त्रणमा लिई सोधपूछ गर्दा बालिकाको जन्म भए पश्चात हत्या गरी डेरा नजिकैको बाँसघारीमा लगेर गाडेको भनी बताएकी थिइन्। उनले बताएको स्थानबाट बच्चाको शव गाडेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

तामाङलाई हिरासतमा राखेर थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell