PahiloPost

May 2, 2025 | १९ बैशाख २०८२

भालुको पित्तको कारोबार गरेको आरोपमा तीन जना पक्राउ



पहिलोपोस्ट

काठमाडौँ : भालुको पित्तको कारोबार गरेको आरोपमा महानगरीय अपराध महाशाखाले तीन जनालाई पक्राउ गरेको छ। 

प्रहरीले ललितपुर खोकनाका ४७ वर्षीय गनु डंगोल, नुवाकोट जिल्ला घर भएका २६ वर्षीय सोनाम तामाङ र नुवाकोट घर भएका ३५ वर्षीय दुर्गाबहादुर तामाङलाई पक्राउ गरेको हो। भालुको पित्त बेच्न हिँडेको सूचनाका आधारमा महाशाखाले तीनै जनालाई स्वयम्भूबाट पक्राउ गरेको हो। 

महाशाखाले आवश्यक कारबाहीका लागि पक्राउ परेकाहरुलाई जिल्ला वन कार्यालय काठमाडौंमा बुझाएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell