
दक्षिण कोरिया : सामसुङले बहुप्रतिक्षित फ्लागसिप फोन ग्यालेक्सी एस-८ सार्वजनिक गरेको छ।
बुधबार दक्षिण कोरियाको राजधानी सिओलमा कम्पनीले यो स्मार्टफोन सार्वजनिक गरेको हो।एप्पलले ल्याउने फोनसँग प्रतिस्पर्धा गर्ने गरी यो स्मार्टफोन ल्याएको दाबी गरेको छ।
५.८ इन्चको ग्यालेक्सी एस- ८ र ६.२ इन्चको ग्यालेक्सी एस- ८ प्लस मोडेलका दुईवटा स्मार्टफोन सार्वजनिक गरेको हो। दुवै स्मार्टफोनमा 'इन्ड टु इन्ड' डिस्प्ले रहेको छ । यो फोनहरु अनलक गर्नलाई हातका औंलाको प्रयोग गर्न जरुरी पर्दैन। 'फेसियल रिकग्निजिसन 'प्रविधि अनुसार स्मार्टफोनमा हेर्ने वित्तिकै आफैं अनलक हुन्छ।
यसअघि सामसुङको नोट ७ स्मार्टफोनको व्याट्री पड्किने समस्याका कारण बजारवाट फिर्ता ल्याउनुपरेको थियो। नयाँ फोनमा १२ मेगापिक्सलको रियर क्यामेरा तथा ८ मेगापिक्सलको फ्रन्ट क्यामेरा प्रयोग गरिएको छ।
सामसुङका दुवै स्मार्टफोनमा एन्ड्रोइडको ७.० भर्सनको लेटेस्ट अपरेटिङ सिस्टम प्रयोग गरिएको छ । दुवै फोनमा न्युनतम ६४ इन्टरनल स्टोरेज र एसडी कार्डको माध्यमवाट स्टोरेज थप गर्न मिल्ने सुविधा रहेको छ।
यो फोन अप्रिल २८ वाट सवै देशमा एकैसाथ उपलब्ध हुनेछ कम्पनीले जनायो। ग्यालेक्सी एस -८ को सुरुवाती मूल्य ८ सय ५६ डलर(९० हजार रुपैयाँ ) र ग्यलेक्सी एस -८ प्लसको ९ सय ६९ डलर(एक लाख रुपैयाँ) हाराहारीमा पर्ने जनाइएको छ।
यो स्मार्टफोनले ३६० डिग्रीमा फोटो तथा भिडियो खिच्न सक्छन् । फोरके रिजोलुसनमा पनि भर्चुअल रियालिटी रेकर्डिङ तथा प्ले गर्न सकिन्छ।सामसुङले एप्पलको भर्चुअल असिस्टेन्ट सिरीलाई च्यालेन्ज गर्नका लागि नयाँ भर्चुअल रियालिटी असिस्टेन्ट विक्सवाई ल्याएको हो।
एप्पलको सिरीभन्दा राम्रो तथा स्मार्टफोन प्रयोगकर्ताले सेन्सरअनुसार काम गर्ने किसिमको सफ्टवेयरको विकास गरेको जनाएको छ।यो फोनहरु पानी र धुलोवाट पूर्ण छन्। फोनको होम बटन इन्भिजिवल बनाइएको छ। हेडफोनको ज्याक एप्पलको आइफोन-७ को जस्तै गरी केही मात्रै फरक बनाइएको छ। -एजेन्सी