PahiloPost

Apr 25, 2026 | १२ बैशाख २०८३

यस्तो देखियो अन्तर्राष्ट्रिय पुष्प मेला, १० फोटोमा हेर्नुस्

यस्तो देखियो अन्तर्राष्ट्रिय पुष्प मेला, १० फोटोमा हेर्नुस्

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँ : राजधानीको भृकुटीमण्डपमा आजदेखि इन्टरनेसनल फ्लोरा एक्सपो (अन्तर्राष्ट्रिय पुष्प मेला) सुरु भएको छ। 

फ्लोरिकल्चर एसोसिएसन नेपालले आयोजना गरेको मेला आइतबारसम्म चल्ने बताइएको छ। मेलाको उद्घाटन आज उपराष्ट्रपति नन्दबहादुर पुन पासाङ्गले गरेका छन्। 

मेलामा ४५० मौसमी फूल, आलङ्कारिक बोटबिरुवा, कट फ्लावर, ड्राइफ्लावर, सुनाखरी, कम्पोष्ट मल, फूलको गानो बीउबिजन, ग्रिन हाउस, कृषि औजार, उपकरण प्याकेजिङका सामग्री, सूक्ष्म तथा थोपा सिँचाइ प्रविधि र जैविक तथा रासायनिक विषादीको प्रदर्शनी छ। 

आयोजकले मेला अवधिभर ६५ हजार अवलोकनकर्ता तथा ७५ लाख रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरेको छ। 

अन्तर्राष्ट्रिय पुष्प मेला १० फोटोमा हेर्नुस्



ट्रेन्डिङ पोस्ट

Ncell