PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

मोर्चा कार्यकर्ताले लगाएको ताला प्रहरीले फुटायो



पहिलोपोस्ट

मोर्चा कार्यकर्ताले लगाएको ताला प्रहरीले फुटायो

लहान : संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले जिल्ला निर्वाचन कार्यालय सिरहामा लगाएको ताला प्रहरीले आज फुटाएको छ।

सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचनलाई बिथोल्ने उद्देश्यले मोर्चाका कार्यकर्ताले तालाबन्दी गरेको केही छिनमै जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले ताला फुटाएको हो।

बाक्लो सुरक्षा घेराका बीच मोर्चाका नेता कार्यकर्ताले जिल्ला निर्वाचन कार्यालयमा तालाबन्दी गरेका थिए। स्थानीय तहको निर्वाचनको तयारीमा निर्वाचन कार्यालय जुटेकाले त्यसविरुद्ध सो कार्यालयमा तालाबन्दी गरिएको सङ्घीय समाजवादी फोरम नेपालका सिरहा अध्यक्ष बादलप्रसाद यादवले बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell