PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

मान्छे मार्ने बाघ नियन्त्रणमा लिन टोली परिचालन



पहिलोपोस्ट

रत्ननगर (चितवन) : नवलपरासीको वन क्षेत्रमा आतङ्क मच्चाउँदै आएको दुर्लभ पाटेबाघ नियन्त्रणमा लिन चितवन राष्ट्रिय निकुञ्जले एक टोली परिचालन गरेको छ।

बाघ नियन्त्रणमा लिन चिकित्सक र प्राविधिक टोली हात्तीसहित परिचालन गरिएको निकुञ्जका सूचना अधिकारी एवम् सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले जानकारी दिए।

बाघलाई डाट गरी निकुञ्जमा ल्याएर छाड्न टोली पठाइएको हो। निकुञ्जबाट पशु चिकित्सक डा अमिर षडौला तथा पशु सहायक पुरुषोत्तम पाण्डेसहित २० जना भन्दा बढी प्राविधिक र छ वटा हात्ती पठाइएको उनले बताए।

बाघ नियन्त्रणका लागि नवलपरासीको भेँडाबारी सामुदायिक वन र नारायणी सामुदायिक वनमा दुईवटा पाडो बाँधेर राखिए पनि आज बिहानसम्म बाघ फेला पार्न नसकिएको अर्यालले जानकारी दिए। गाउँक्षेत्रमा आतङ्क मच्चाउँदै आएको उक्त बाघले गएको फागुन २ गते नवलपरासीको नन्दन सामुदायिक वनमा र चैत ८ गते भेडाबारी सामुदायिक वनमा दुई जनालाई आक्रमण गरी मार्नुका साथै दर्जनौँ पशु चौपाय खाएको मुकुन्दसेन इलाका वन कार्यालय गैंडाकोटका प्रमुख तथा सहायक वन अधिकृत ईश्वर वाग्लेले जानकारी दिए।

तीन दिनदेखि पाडो राखेर जङ्गलमा खोजिए पनि फेला नपारिएकाले आज पनि खोजी टिम जङ्गलमै रहेको वाग्लेले जानकारी दिए। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell