
काठमाडौं: आज बिहानै नायक भुवन केसीले फेसबुकमा लेखे 'ह्याप्पी बर्थडे अनमोल'। चैत १६ गते नेपाली युवा अभिनेता अनमोल केसीको जन्मदिन रहेको भुवन केसीले फेसबुक पोस्टमार्फत जानकारी दिए। अनमोलको बर्थडे भएकै कारण आजको दिन आफ्नो लागि खास रहेको केसीले बताए।
खास दिनमा अनमोलका लागि बुवा भूवनले के उपहार दिए त?
पहिलोपोस्टसँग कुरा गर्दै भूवन केसीले भने,'मेरो आशिर्वाद र माया सधैं उसँग छ।'
भूवन केसीले अनमोलका लागि सर्पाइज प्लान रहेको समेत जानकारी दिएका छन्। तर त्यो सर्प्राइज भूवन केसीको तर्फबाट मात्र भने हुनेछैन।
हाल यि बुवा छोरा एउटै प्रोजेक्टमा व्यस्त छ। फिल्म 'कृ'का लागि भूवन केसी निर्माता हुन् भने अनमोल केसी मुख्य अभिनेता। त्यसैले फिल्म प्रि प्रोडक्शनमा रहेको कृ युनिटले अनमोललाई बर्थडे सर्प्राइज दिन लागेको हो।
केसीले भने,'उसले पाउने खुशीहरु पनि उसका लागि सुन्दर उपहार हुन्। उसको नयाँ फिल्म कृले पनि त्यस्तै खुशी दिन्छ भन्ने विश्वास छ।'
फिल्म कृ युनिट आउँदो चैत २५ गतेबाट सुटिङका लागि फ्लोरमा उत्रदै छ। फिल्ममा अनमोल सैनिकको भूमिकामा देखिदैछन्। फिल्म काठमाडौं, घान्द्रुका र कतारमा छायांकन हुने बताइएको छ। अनमोलको नायकको रुपमा यो पाँचौ प्रोजेक्ट हो। पहिलो पटक सन् २०११ मा शिवा रेग्मी निर्देशित फिल्मा 'साथी म तिम्रो'मा उनले पहिलो पटक अभिनय गरेका थिए। जसमा उनी एक सुपरस्टारको रुपमा स्टेजमा देखिन्छन्।
नायक, गायक, निर्माता र निर्देशक समेत रहेका अलराउण्डर भूवन केसी र नायिका एवं निर्माता रहेकी सुस्मिता बम्जन केसीको छोरा अनमोल केसी आजबाट २३ वर्षका भएका हुन्।