PahiloPost

May 10, 2024 | २८ बैशाख २०८१

प्रहरी स्कुलमा विद्यार्थीको शव : घटना रहस्यमय बन्दै, एसपी नेतृत्वमा छानबिन टोली



सविन ढकाल

प्रहरी स्कुलमा विद्यार्थीको शव : घटना रहस्यमय बन्दै, एसपी नेतृत्वमा छानबिन टोली
प्रतीकात्मक फोटो

काठमाडौं : काठमाडौंको रानीबारीमा नेपाल प्रहरीले सञ्चालन गरेको प्रहरी विद्यालयमा एक विद्यार्थीको शव फेला परेको छ।

महानगरीय प्रहरीले सञ्चालन गरेको रानीवारी विद्यालयमा बुधवार दिउँसो सोही विद्यालयमा अध्ययनरत करिब १४ वर्षीय कुन्दन थापाको शव फेला परेको हो। महानगरीय आयुक्त कार्यालयले भने कुन्दनले विद्यालको चौथो तलाबाट हाम फालेर आत्महत्या गरेको दाबी गरेको छ।

विद्यालय प्रशासनले आफूहरुलाई बालकले हाम फालेर आत्महत्या गरेको जानकारी दिएको आयुक्त कार्यालयका निमित्त प्रमुख बमबहादुर भण्डारीले बताए। 'फेसबुकबाट उब्जिएको सामान्य समस्याका कारण विद्यालयको तलाबाट हाम फालेको बुझिएको छ,' उनले भने, 'घटनाबारे हामी अनुसन्धानमा छौं।'

यसरी भयो घटना

कुन्दन कक्षा ८ को परीक्षा दिएर बसेका थिए। केही समयदेखि उनले फेक एकाउन्ट बनाएर आफ्नै स्कुलमा पढ्ने केटी साथीलाई हैरानी दिने गरेका थिए। आफूलाई फेसबुकबाट दु:ख दिएपछि उनले परिवारलाई सुनाएकी थिइन्। परिवारले विद्यालय प्रशासनमा पुगेर छोरीको समस्याबारे कुरा राखे। त्यही विषयलाई लिएर विद्यालय प्रशासनले बुधबार नै कुन्दनको परिवारलाई फोन गर्‍यो। फोन कुन्दनले नै उठाएको र बुवा विदेशमा भएकाले ममीलाई लिएर आउने बताएका थिए। तर बुधवार कुन्दन मात्र आएपछि उनलाई ममी ल्याएर आउन भन्दै एक कर्मचारी सहित घर पठाइएको थियो।

ममीलाई लिन घर जानुअघि नै कुन्दनले विद्यालयको चौथो तलबाट हाम फालेको प्रहरीको भनाइ छ।

एसपी नेतृत्वमा अनुसन्धान टोली

मृतकका परिवारले घटना रहस्यमय भएको बताएपछि प्रहरीले घटनाबारे छानबिन गर्न महानगरीय प्रहरी अपराध महाशाखाका एसएपी श्याम ज्ञवालीको कमाण्डमा पाँच सदस्यीय टोली गठन गरेको छ। टोलीले सत्यतथ्य छानबिन गर्ने डिआइजी भण्डारीले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell