
काठमाडौं: दुई नेपाली फिल्मले प्रदर्शन मिती तय गरेको छ। फिल्म पोस्ट प्रोडक्शनको काम सक्किएको 'मन्दिरा' र 'संरक्षण' आउँदो वर्ष २०७४ मा प्रदर्शन हुने भएको हो।
दिपेश सापकोटाको लेखन तथा निर्देशन रहेको फिल्म मन्दिरा असार २ सार्वजनिक हुने भएको हो। सस्पेन्स लभ स्टोरी ड्रामा करुणा अर्याल र उज्जवल अर्यालले संयुक्त निर्माण गरेका हुन्। फिल्ममा नरेन खड्का, बिनी पोखरेली, जेबि डिसी, प्रवन भूसाल, बिनिता ओली, राजन ढुंगाना, लक्ष्मी बस्नेत लगायतको अभिनय रहेको छ।
मन्दिरा फिल्मको सबै प्लटहरु एउटै घरभित्रको सेटमा छायांकन गरेको बताइएको छ।
त्यस्तै पुणेन्द्र झाले निर्देशन गरेको फिल्म 'संरक्षणले' साउन १३ गते प्रदर्शन हुने भनिएको छ। निर्माता प्रदिप उदयले फिल्म रिलिज टार्गेट बारे जानकारी दिएका हुन्। फिल्ममा निखिल उप्रेती, सौगात मल्ल, मलिना जोशी, प्रमोद अग्रहरी, कामेश्वर चौरासिया, अशिष्मा नकर्मी लगायतको अभिनय रहेको छ। फिल्मलाई प्रदिप उदय र नरेन्द्र महर्जनले संयुक्त रुपमा निर्माण गरेका हुन्।
राजनीति, प्रशासन र मिडियाको विषयमाथी फिल्मको कथा घुम्ने निर्माण पक्षले जानकारी दिएको छ। साउन १३ गते फिल्म 'प्रेमगीत २' पनि प्रदर्शनमा आउँदैछ।