PahiloPost

May 2, 2025 | १९ बैशाख २०८२

बाघको छालासहित एक जना पक्राउ



पहिलोपोस्ट

बाघको छालासहित एक जना पक्राउ

काठमाडौँ : बाघको छालासहित प्रहरीले डडेल्धुरा जिल्ला परशुराम नगरपालिका वडा नं. ४ बस्ने १८ वर्षीय सनम जयकरलाई पक्राउ गरेको छ। 

विशेष सूचनाको आधारमा उनलाई प्रहरीको अनुसन्धान ब्यूरोको टोलीले बुधबार बाघको १ थान छालासहित कैलाली धनगढी उप-महानगरपालिका वडा नं. ३ बोराडाडीबाट पक्राउ गरेको हो।

उनलाई पक्राउ गरी थप अनुसन्धान एवम् आवश्यक कानुनी कारबाहीको लागि जिल्ला वन कार्यालय कैलालीमा बुझाइएको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell