PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

द्वारीखोला जलविद्युत् आयोजना सम्पन्न



पहिलोपोस्ट

दैलेख : नौमुलेमा रहेको द्वारीखोला जलविद्युत् आयोजनाको निर्माण कार्य सम्पन्न भएको छ।

निर्माण सम्पन्न सो आयोजनाले परीक्षणका रुपमा विद्युत् उत्पादन समेत सुरु गरेको छ। सदरमुकामदेखि १७ किलोमिटरको दुरीमा रहेको द्वारीखोलाबाट ३.७५ मेगावाट विजुली उत्पादन सुरु भएको हो।

द्वारीखोला आयोजनाको निर्माण कार्य तीन वर्षअघि सुरु गरिएको थियो। ७५ करोड रुपैयाँको लागतमा सो आयोजना निर्माण सम्पन्न भएको आयोजनाका प्रमुख सौरभ अर्यालले जानकारी दिए।

यस्तै ४.५ मेगावाट क्षमताको पादम खोला विद्युत् आयोजनाको निर्माण कार्य सुरु भएको छ। अवलपराजुलमा पाँच मेगावाट क्षमतको अर्को आयोजनाको निर्माण समेत सुरु गरिएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell