PahiloPost

Jan 14, 2026 | १ माघ २०८२

झापामा म्यादी प्रहरीमा आवेदन दिनेको सङ्ख्या पाँच हजार



पहिलोपोस्ट

काँकडभिट्टा (झापा) : जिल्ला प्रहरी कार्यालय झापामा म्यादी प्रहरीमा भर्ना हुन पाँच हजार २०१ जनाले आवेदन भरेका छन्।

सरकारले आगामी वैशाख ३१ गते गर्न लागेको स्थानीय तहको निर्वाचनमा सुरक्षाका लागि खोलिएको म्यादी प्रहरीमा भर्ना हुन बुधबारसम्ममा पाँच हजार २०१ जनाले भर्ना आवेदन दिएका हुन्।

जिल्लामा तोकिएको २८३ वटा मतदान केन्द्रमा करिब एक हजार म्यादी प्रहरीको आवश्यकता रहे पनि आवेदन दिनेको सङ्ख्या आज बेलुकासम्ममा सात हजार पुग्ने जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक (एसपी) शैलेन्द्र थापाले बताए। उनका अनुसार आवेदन दिने आज अन्तिम दिन हो। शनिबारदेखि छनोट परीक्षा सुरु हुनेछ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell