PahiloPost

May 2, 2025 | १९ बैशाख २०८२

नयाँ शक्तिको दोहोरो भूमिका : आन्दोलन र निर्वाचनमा एकसाथ



पहिलोपोस्ट

नयाँ शक्तिको दोहोरो भूमिका : आन्दोलन र निर्वाचनमा एकसाथ
फोटो : बाबुराम भट्टराईको फेसबुकबाट

काठमाडौँ : डा बाबुराम भट्टराई संयोजक रहेको नयाँ शक्ति पार्टीले दोहोरो भूमिका निभाउने भएको छ। नयाँ शक्तिको केन्द्रीय परिषद्को दुई दिन बसेको बैठकले आन्दोलनका कार्यक्रम र निर्वाचको तयारी दुई थरी भूमिकामा निभाउने निर्णय गरेको हो।

सरकार र केही राजनीतिक दल निर्वाचनप्रति गम्भीर नदेखिएको आरोप लगाउँदै नयाँ शक्तिले त्यसका लागि निर्वाचनको भरपर्दो वातावरण बनाउन माग गरेको छ।

आन्दोलनको कार्यक्रम
नयाँ शक्तिले स्थानीय तह निर्वाचनसम्बन्धी कानुनमा संसद् बाहिर रहेका दललाई दलगत पहिचान सहितको निर्वाचन चिन्ह नदिने निर्णयको विरोध गरेको छ। 'यस्तो निर्दलीय कानुनमा हामीले तुरुन्त संशोधनको माग गरेका छौँ', बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ, 'हाम्रा यी शर्तहरुको पक्षमा सशक्त जनपरिचालन गर्दै उचित वातावरण बनेपश्चात् निर्वाचनमा सहभागी हुने हाम्रो नीति रहेको छ। यसर्थ नै यो निर्वाचन हाम्रा लागि संघर्ष र सहभागिताको मोर्चा हो।'

साथै नयाँ शक्तिले चैत २० गतेबाट निर्वाचन आयोग र सम्पूर्ण निर्वाचन कार्यालयहरुमा धर्ना दिने कार्यक्रम राखेको छ।

निर्वाचनको तयारीका लागि समिति
नयाँ शक्तिले महानगरपालिका र उपमहानगरपालिकाको हकमा प्रदेश समिति र अरुका हकमा सम्बन्धित जिल्ला पार्टीले उम्मेदवार तोक्ने निर्णय गरेको छ। त्यस्तै भट्टराईकै संयोजकत्वमा केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेको छ। त्यस्तै सात प्रदेशमा संयोजक र उत्पेरक तोकेको छ। त्यस्तै घोषणापत्र मस्यौदा समिति समेत गठन गर्दै निर्वाचनमा होमिएको छ। घोषणापत्र निर्माणका लागि सात सदस्यीय समिति गठन गरेको छ जसको संयोजकमा केशव दाहाल रहेका छन्। त्यस्तै स्वयमंसेवक परिचालन समिति समेत गठन गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell