PahiloPost

May 2, 2025 | १९ बैशाख २०८२

नामै नसुनेका पार्टी बोकेर बाबुराम पुगे प्रचण्ड भेट्न, भट्टराईको मोर्चामा अब ६४ दल  ​​​​​​​

नामै नसुनेका पार्टी बोकेर बाबुराम पुगे प्रचण्ड भेट्न, भट्टराईको मोर्चामा अब ६४ दल ​​​​​​​

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँ : नयाँ शक्ति नेपालका संयोजक डाक्टर बाबुराम भट्टराई बिहिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगे।

भेटका लागि पुगेका भट्टराई एक्लो भने थिएनन् उनको साथमा थिए ६४ दल।

भट्टराई खासै नाम नै नसुनिएका ६४ दलको हस्ताक्षर सहितको ज्ञापन पत्र बोकेर प्रधानमन्त्री कार्यालय पुगेका हुन्। प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउन पुगेका दलहरुसँग प्रचण्डले परिचय मात्र गरेनन् दोहोर्‍याएर दलको नाम समेत सोधे।

प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएपछि फोटो खिच्न रहर गर्नेहरु समेत भट्टराईको मोर्चामा थिए।

के छ त माग?
भट्टराईको मोर्चाले स्थानीय तहको निर्वाचनमा आफ्नै दलको निर्वाचन चिन्ह मार्फत प्रतिष्पर्धा गर्न पाउनुपर्ने माग राखे।

जसमा प्रधानमन्त्री प्रचण्डले निर्वाचन आयोगसँगको परामर्श भन्दै अहिले त्यो व्यवस्था गर्न अफ्ठेरो भएको जवाफ दिए। निर्वाचन आयोगले ५१ जिल्लाको मतपत्र छपाई सकिएको जनाउँदै अहिले आएर राजनीतिक दलहरुलाइ निर्वाचन चिन्ह अनुसार सहभागि गराउन नसकिने जनाई सकेको छ।

यद्पी दलीय रुपमा उम्मेद्वारी दिएको अवस्थामा त्यस्ता निर्वाचन चिन्हको मतलाई पार्टीगत आधारमा काउन्ट गर्ने वचन भने दिएको छ। को को छन् भट्टराईको मोर्चामा? भट्टराईले नेतृत्व गरेको ६४ दलको मोर्चामा नयाँ शक्तिको नाम लगत्तै आम आदमी पार्टी नेपालको नाम छ। त्यस्तै राष्ट्रवादी एकता पार्टी देखि राष्ट्रिय शिवसेना पार्टी, आधुनिक पार्टी लगायतका नाम भएका पार्टीका प्रतिनिध बालुवाटार पुगेका थिए।

जातीयदेखि धार्मिक पार्टीको नेतृत्व गर्दै भट्टराई बालुवाटार पुगेका थिए। हेर्नुस् कस्ता कस्ता पार्टी छन् भट्टराईको मोर्चामा :
 


ट्रेन्डिङ पोस्ट

Ncell