PahiloPost

May 2, 2025 | १९ बैशाख २०८२

म्यादी प्रहरीमा मागभन्दा दोब्बर आवेदन, एक लाख ७२ हजार म्यादी बन्न इच्छुक 



पहिलोपोस्ट

म्यादी प्रहरीमा मागभन्दा दोब्बर आवेदन, एक लाख ७२ हजार म्यादी बन्न इच्छुक 

काठमाडौँ : आसन्न स्थानीय निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरीका लागि भएको आवेदनमा मागभन्दा दोब्बर बढी आवेदन परेको छ। 

निर्वाचनको रणनीतिक विवादमा रहेको प्रदेश २ मा सवैभन्दा बढी आवेदन परेको छ। प्रदेश २ मा ३५ हजारले म्यादी प्रहरी बन्न आवेदन दिएका छन्। 

राष्ट्रिय समाचार समितिका अनुसार प्रहरी प्रधान कार्यालयले चैत ११ देखि बिहीबारसम्म तोकेको समयमा एक लाख ७२ हजारभन्दा बढी आवेदन परेको प्रहरी प्रवक्ता सर्वेन्द्र खनालले जानकारी दिए। चुनवी सुरक्षाका लागि ७५ हजार म्यादी प्रहरीका लागि आवेदन मागिएको थियो।

सोअनुसार पूर्वाञ्चलमा ४४ हजार ६६, काठमाडौँ उपत्यकामा सात हजार एक सय १२, मध्यमाञ्चलमा ४२ हजार दुई सय ७४, पश्चिमाञ्चलमा २७ हजार आठ सय ५७, मध्यपश्चिमाञ्चलमा ३३ हजार चार सय ३१ र सूदुरपश्चिमाञ्लमा १८ हजार दुई ३७ को आवेदन परेको जनाइएको छ। 

१८ वर्ष पूरा भएका र ५४ वर्ष ननाघेका व्यक्तिका लागि म्यादी प्रहरीको आवेदन खुलाइएको थियो। 

स्थानीय निर्वाचनमा खटिने म्यादी प्रहरीको कार्यअवधि ५५ दिनको रहेको छ। म्यादी प्रहरीले नेपाल प्रहरीको जवानले खाईपाई आएको तलब तथा भत्ता बराबरको रकम पाउने छ।

नेपाल प्रहरीका जवानले हाल ग्रेडसहित मासिक २१ हजार ८ सय २२ रुपैयाँ तलब पाउने गर्छन्। तर म्यादी प्रहरीले भने ग्रेड पाउँदैनन्। त्यसैले उनीहरुले प्रहरी जवानको तलब स्केल सरह मासिक १७ हजार २ सय ३० रुपैयाँ मात्रै पाउने छन्। तराईका जिल्लामा दिनको १९७ रुपैयाँ रासन वापत पाउँछन्। अन्य जिल्लामा भने ठाउँ अनुसार फरक फरक रकम पाउने छन्। त्यसैगरी म्यादी प्रहरीले पोशाक पनि पाउने छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell