PahiloPost

May 2, 2025 | १९ बैशाख २०८२

भ्रस्टाचार आरोपमा दक्षिण कोरियाली पूर्व राष्ट्रपति पार्क प्रहरीद्वारा पक्राउ



पहिलोपोस्ट

भ्रस्टाचार आरोपमा दक्षिण कोरियाली पूर्व राष्ट्रपति पार्क प्रहरीद्वारा पक्राउ

एजेन्सी : महाभियोगबाट हटाइएकी दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति पार्क गेउन हेइ’लाई प्रहरीले पक्राउ गरेको छ। भ्रस्टाचार मुद्दामा अदालतमा हाजिर पार्कलाई अदालतको अनुमतिपछि प्रक्राउ गरिएको हो। उनलाई सिओलको दक्षिणी क्षेत्रको एक कारागारमा राखिएको बिबिसीले जनाएको छ।

भ्रस्टाचारमा संलग्न रहेको आरोपमा उनीमाथि महाभियोग लगाइएको थियो।

६५ वर्षीय पार्कले पदीय जिम्मेवारीमा रहँदा सामसुङलगायतका कम्पनीबाट आफ्ना सहयोगी चाई सुन सीललाई भ्रस्टाचार गर्न सहयोग गरेको आरोप लगाइएको छ। गत महिनामात्र पदबाट हटेकी राष्ट्रपति पार्कमाथि विभिन्न १३ मुद्दामा अनुसन्धान गर्नुपर्ने जिकिर अभियोजक पक्षको छ। 

फौजदारी अभियोगमा पक्राउ पर्ने पार्क तेस्रो पूर्वराष्ट्रपति हुन्। उनी दक्षिण कोरियाको पहिलो महिला राष्ट्रपति हुन्। उनीमाथि, पदीय दुरुपयोग, भ्रस्टाचार र गोप्य सरकारी दस्तावेज लिक गरेको जस्ता आरोप लगाइएको छ।

समाचार संस्था एएफपीका अनुसार बिहीबार पार्क अदालतमा उपस्थित हुँदा ९ घन्टासम्म अदालती कारवाही चलेको थियो। अदालतमा मुद्दाको पुर्पक्ष चलिरहँदा करिव ५० हाराहारीमा रहेका पार्कका समर्थकले उनलाई रिहाई गर्न माग गर्दै अदालत बाहिर प्रदर्शन समेत गरेका थिए। 


अभियोग प्रमाणित भए पार्कलाई १० बर्षभन्दा बढीको जेल सजाय हुन सक्नेछ। पार्कले आफुमाथि लागेको आरोप भने अस्वीकार गर्दै आएकी छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell