काठमाडौँ : नेपाल धितोपत्र बोर्डले शेयरको प्राथिमक निस्कासन (आइपिओ) मा आवेदन दिँदा फोटो र नागरिकताको फोटोकपी नचाहिने व्यवस्था गरेको छ। गत माघदेखि आइपिओमा आवेदन दिन डिम्याट खाता अनिवार्य गरिएको हुँदा फोटो र नागरिकताको फोटोकपी नचाहिने बोर्डले जनाएको हो।
हालै सञ्चालनमा ल्याइएको आश्वा प्रणालीबाट आवेदन गर्दा समेत डिम्याट खाता अनिवार्य रहेको कारण फोटो र नागरिकता आवश्यक नपर्ने बोर्डले जनाएको छ।
आयोजना वा उद्योग प्रभावित क्षेत्रबासीलाई निकालिएको शेयर आवेदन गर्दा भने डिम्याट खाता जरुरी छैन। त्यसैले उनीहरुले भने आवेदन दिँदा फोटो र नागरिकताको प्रतिलिपी राख्नु पर्ने बोर्डले जनाएको छ।
लगानीकर्तालाई सहज बनाउन ल्याइएको यो प्रावधान आगामी निस्कासनहरुबाटै कार्यान्वयनमा आउने समेत बोर्डले जनाएको छ।