PahiloPost

Apr 25, 2026 | १२ बैशाख २०८३

लोडसेडिङ हटाएका कुलमानलाई हाइड्रो एक्सिलेन्स अवार्ड



पहिलोपोस्ट

लोडसेडिङ हटाएका कुलमानलाई हाइड्रो एक्सिलेन्स अवार्ड

काठमाडौं : हाइड्रो नेपालले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई हाइड्रो नेपाल एक्सिलेन्स अवार्ड प्रदान गर्ने घोषणा गरेको छ। 

मुलुकलाई लोडसेडिङमुक्त गर्न आफ्नो उच्चतम प्राविधिक ज्ञान तथा उत्तम व्यवस्थापकीय क्षमता प्रदर्शन गरेको भन्दै संस्थाले घिसिङलाई सम्मान गर्ने घोषण गरेको हो। 

एक्सिलेन्स अवार्डका लागि व्याक्ति छान्न काठमाडौं विश्वविद्यालयका भिजिटिङ फ्याकल्टी सूर्यमान शाक्यको अध्यक्षतामा समिति बनाइएको थियो। समितिमा इपानका निवर्तमान अध्यक्ष खड्गबहादुर विष्ट, एनआरएनका पूर्वअध्यक्ष जीवा लामिछाने सहभागी थिए । त्यसैगरी हाइड्रो नेपाल जर्नलका प्रधान सम्पादक उपेन्द्रदेव भट्ट सदस्य सचिव थिए। 

हाइड्रो नेपालले लाइफ टाइम एचिभमेन्ट अवार्ड डा। हरिमान श्रेष्ठलाई प्रदान गर्ने निर्णय पनि संस्थाले गरेको छ। 

जलविद्युत् क्षेत्रका पायोनियर श्रेष्ठ लामो समयदेखि यही क्षेत्रमा निरन्तर क्रियाशील छन्। उनले सन् १९६६ मा मस्को पावर इन्ष्ट्च्यिुटमा जलस्रोतसम्बन्धी अनुसन्धानको सिलसिलामा नेपालको जलविद्युत् क्षमता ८३ हजार मेगावाट रहेको पत्ता लगाएका थिए। ५० वर्षपछि पनि उनको अनुसन्धानलाई मुलुकको जलविद्युत् क्षेत्रमा ‘गुरु मन्त्र’ को रुपमा लिने गरिएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell