PahiloPost

Jan 14, 2026 | १ माघ २०८२

शिक्षा नियमावली संघीय संरचना अनुसार परिमार्जन हुन्छ : प्रधानमन्त्री



पहिलोपोस्ट

शिक्षा नियमावली संघीय संरचना अनुसार परिमार्जन हुन्छ : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले शिक्षा ऐन २०७३ बमोजिमको शिक्षा नियमावली पारित गर्ने तयारी गरेको बताएका छन्। 

शुक्रबार बिहान बालुवाटारमा नेपाल शिक्षक महासंघको प्रतिनिधि मण्डलसँगको भेटमा प्रधानमन्त्रीले नियमावली चाँडै पारित हुने बताएका हुन्। प्रधानमन्त्रीले नयाँ संविधानले स्थानीय तहलाई शिक्षा क्षेत्रमा महत्वपूर्ण अधिकार दिएकाले यसलाई समेत व्यवस्थित गराउने गरी नयाँ शिक्षा ऐन अनुकुलको नियमावली जारी गर्ने तयारी भइरहेको बताए। 

प्रधानमन्त्रीले आवश्यक छलफल गरेर नियमावली पारित गर्ने प्रक्रिया अघि बढाइने जानकारी दिए। 

संविधान र संघीय संरचना अनुसार नभएको भन्दै शिक्षा नियमावली केही दिनअघि प्रधानमन्त्री कार्यालयबाट विभागीय मन्त्रालयमा फिर्ता भएका थियो। प्रधानमन्त्री कार्यालयले उक्त नियमावली दर्ता नै अस्वीकार गरेको थियो। 

शिक्षक महासंघको प्रतिनिधि मण्डलले तत्काल शिक्षा नियमाबली पारित गर्नुपर्ने, द्वन्द्वमा निकालिएका शिक्षकको पुनर्वहाली गर्नुपर्ने लगायतका माग गर्दै ज्ञापनपत्र बुझाएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell