PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

सुरक्षा निकायलाई निर्वाचन अायोगको चेतावनी ‘दलबाट प्रभावित भए जिम्मेवारीबाट वर्खास्त’



सविन ढकाल

सुरक्षा निकायलाई निर्वाचन अायोगको चेतावनी ‘दलबाट प्रभावित भए जिम्मेवारीबाट वर्खास्त’

काठमाडौँ : प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले स्थानीय तहको निर्वाचन अवधिभर सुरक्षाकर्मी सरुवा नगर्न गृह तथा सम्वन्धित निकायलाई आग्रह गरेका छन्।

निर्वाचन सुरक्षा विषयक प्रशिक्षण कार्यक्रममा प्रमुख आयुक्त यादवले निर्वाचनको समयमा धेरै संख्यामा सुरक्षाकर्मीको सरुवा गर्ने गरिएको भन्दै प्रश्न समेत गरेका छन्। 

यादवले गृह मन्त्रालयलाई आयोगको आचारसंहिता पालना गर्न समेत आग्रह गरेका छन्। स्थानीय तहको निर्वाचनमा मतदाता, उम्मेदवार र महिलाको सुरक्षा चुनौतीलाई ध्यानमा राखेर सुरक्षा प्रवन्ध गर्न पनि उनले निर्देशन दिएका थिए। 

उनले भने ‘एउटा मात्र गाउँ तथा वडाको निर्वाचनमा सुरक्षा व्यवस्था कमजोर भए देशभरकै निर्वाचन प्रभावित हुनसक्छ। सानो गाउँपालिका वा वडा भनेर हेलचक्र्याई नगर्नुस्।’ 

गाउँ–गाउँमा निर्वाचनको माहोल तयार भएकाले कुनै पनि सुरक्षा निकायका कर्मचारीले पूर्वग्राही र कुनै राजनीतिक दलबाट प्रभावित भएको पाइएमा तत्काल जिम्मेवारीबाट मुक्त गर्ने चेतावनी समेत दिए। 

आयोगले आजबाट दुई दिनसम्म निर्वाचन सुरक्षा बिषयमा चारवटै सुरक्षा निकायका ६० जना सुरक्षाकर्मीलाई प्रशिक्षण दिँदैछ। बैशाख ३१ गतेको निर्वाचनको लागि देशभर २ लाख २६ हजार सुरक्षाकर्मी परिचालित हुनेछन्। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी समेत परिचालित हुनेछन्। निर्वाचन सुरक्षामा ७५ हजार म्यादी प्रहरी समेत परिचालित हुनेछन्। 

२१ हजार मतदान केन्द्रको सुरक्षाको लागि पहिलो घेरामा नेपाल प्रहरी र म्यादी प्रहरी द्रोस्रो र तेस्रोमा क्रमश सशस्त्र र नेपाली सेना रहनेछन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell