PahiloPost

May 2, 2025 | १९ बैशाख २०८२

फ्राइडे रिलिज : रेखा थापाको 'पँलास'सँगै दुई विदेशी फिल्म प्रदर्शनमा



पहिलोपोस्ट

फ्राइडे रिलिज : रेखा थापाको 'पँलास'सँगै दुई विदेशी फिल्म प्रदर्शनमा

काठमाडौं: यो हप्ता नेपाली फिल्म इन्डस्ट्रीको तर्फबाट एक मात्र नेपाली फिल्म प्रदर्शनमा आएको छ। फिल्म 'पँलास'ले सोलो रिलिजको अवसर पाएको हो।

'पँलास'मा रेखा थापा, अयुव केसी, कामेश्वर चौरासिया, कमल देवकोटालगायतको मुख्य अभिनय रहेको छ। सुवास कोइरालाको निर्देशनमा बनेको फिल्म सोसियल ड्रामाअन्तर्गत पर्छ। फिल्मले सेन्सरबोर्डबाट एडल्ट सर्टिफिकेट पाएको कारण १६ वर्ष मुनिकाले भने फिल्म हेर्न पाउने छैनन्। कृषा चौलागाईंको निर्माणमा बनेको फिल्मले काठमाडौंभित्र र बाहिरका सबै मल्टिप्लेक्स एवं सिंगल थिएटरमा शो पाएको छ।

यो हप्ता अन्य नेपाली फिल्म प्रदर्शनमा आएको छैन। गत हप्ता प्रदर्शनमा आएको फिल्म 'लप्पन छप्पन' को केही शो भने बाँकी छ।

बलिउडतर्फ फिल्म 'नाम सबाना' प्रदर्शनमा उत्रिएको छ। स्पाई थ्रिलर कथामा आधारित फिल्मलाई शिवम नैरले निर्देशन गरेका हुन्। फिल्ममा ताप्सी पन्नु, अक्षय कुमार, मनोज बाजपाई, अनुपम खेरलगायतको अभिनय रहेको छ। निरज पाण्डे र शितल भाटियाको संयुक्त निर्माण रहेको फिल्म मल्टिप्लेक्समा प्रदर्शनरत छ।

हलिउडका लागि फिल्म 'द बोस बेबी' प्रदर्शनमा आएको छ। कमेडी जानराको फिल्मलाई टम म्याक ग्राथले निर्देशन गरेका हुन्। एनिमेटेड फिल्ममा एलेक बाल्डविन, माइल्स क्रिस्टोफोर, स्टिभ बससेमी, जिम्मी किमेललगायतको अभिनय छ।

काठमाडौंका मल्टिप्लेक्समा अस्कर अवार्ड विजयी र मनोनित तीन फिल्म 'मुन लाइट', 'लाला ल्यान्ड' र 'डीप वाटर होराइजन' पनि प्रदर्शनरत छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell