PahiloPost

Jan 14, 2026 | १ माघ २०८२

'मिस इको इन्टरनेशनल २०१७’ मा नेपाल प्रतिनिधि रोनाली अमात्य



पहिलोपोस्ट

'मिस इको इन्टरनेशनल २०१७’ मा नेपाल प्रतिनिधि रोनाली अमात्य

काठमाडौं: अप्रिलमा इजिप्टमा आयोजना हुने ‘मिस इको इन्टरनेशनल २०१७’ मा नेपालको प्रतिनिधित्व रोनाली अमात्यले गर्ने भएकी छन्। ८० देशका इको सुन्दरीहरुको सहभागिता रहने प्रतियोगीताका लागि नेपालबाट उनी एक्लो सहभागी हुन्।

नेपालका लागि अधिकार प्राप्त संस्था ग्रीन आर्ट मिडियाले गत २४ डिसेम्बरमा आयोजना गरेको ‘मिस इको इन्टरनेशनल नेपाल २०१७’को अडिसनबाट उनी छानिएकी हुन्।

छनौट चरणको अडिसनमा पुर्व मिस नेपाल तथा अभिनेत्री सृष्टी श्रेष्ठ, मिसन नेपाल अर्थ सुभेक्षा खड्का, अभिनेता मनोज आर सि लगायत निर्णायक रहेका थिए।

नौ डिजाइनरले तयार पारेका करिब दुई दर्जन आकर्षक पहिरन सहित उनी प्रतियोगीतामा सहभागी हुन लागेको ग्रिन आर्ट मिडियाका सिइयो प्रविन लाकौलले बताए।

टुरिजम वातावरणलाई मुख्य कार्यक्षेत्र बनाउँदै आएको ‘मिस इको इन्टरनेशनल’मा आफुले नेपाली संस्कृतीको प्रवद्धन गर्दै र टुरिजम र वातावरणका बिषयमा विशेष प्रस्तुति दिने रोनालीले बताइन्। भनिन्,'प्रतियोगीताको शिर्ष उपाधि जित्ने उदेश्य छ।'

आवश्यक प्रशिक्षण सहित रोनालीलाई प्रतियोगीतामा पठाउन लागेको ग्रिन आर्ट मिडियाकी निर्देशक अनिला श्रेष्ठले जानकारी दिइन्। रोनालीको ट्राभलिङ पार्टनर प्यारागन ट्राभल्स एण्ड टुर रहेको छ।

यस अगाडि प्रतियोगीतामा २०१५मा प्रिन्शा श्रेष्ठ र २०१६ मा नग्मा श्रेष्ठले नेपालको प्रतिनिधित्व गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell