PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

भारतीय वन रक्षकद्वारा चार नेपाली नियन्त्रणमा



पहिलोपोस्ट

बर्दिया : नेपाल–भारत सीमाअन्तर्गत बर्दियाको दशगजा नजिकैबाट भारतीय वन रक्षक टोलीले चारजना नेपालीलाई नियन्त्रणमा लिएको छ।

नियन्त्रणमा लिएकाहरुमा स्थानीय २० वर्षीय सुशील कुमाल, २३ वर्षीय नरबहादुर कुमाल तथा ४५ वर्षीय सुनिल कुमाल र राजेन्द्र रेउ रहेका छन्। मधुवन नगरपालिका–३ दशगजा पिलर नं. ८२ नजिकैबाट भारतीय वन रक्षक गस्ती टोलीले उनीहरुलाई बिहीबार राति नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय ढोढरीले जनाएको छ।

भारतीय जङ्गलबाट १० फिट लामो दुईवटा काठको गोलिया लिएर नेपाल आउँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको दाबी भारतीय कतर्निया वन्यजन्तु आरक्ष टोलीको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell