PahiloPost

May 2, 2025 | १९ बैशाख २०८२

करण जौहरका सन्तानका लागि गौरी खानले तयार गरिन् कोठा



पहिलोपोस्ट

करण जौहरका सन्तानका लागि गौरी खानले तयार गरिन् कोठा

करणका छोरा यश र छोरी रुहीलाई जन्मेको तीन साता हुँदासम्म आइसियुमा राखिएको थियो। दिइएको डेलिभरी डेट भन्दा दुई साता अघि जन्मिएको र कम तौल भएको कारण यी जुम्ल्याहाको स्वास्थ्यस्थिति ठीक थिएन। बुधवार भने सम्पूर्ण उपचार सकी उनीहरुलाई घर लगिएको टाइम्स अफ इन्डियाले जनाएको छ।

करणको घरमा उनीहरुको लागि सुन्दर नर्सरी तयार रहेको उल्लेख गरिएको छ। जुन कोठाको तयारी करणकी बेस्ट फ्रेन्ड गौरी खानले गरेकी हुन्। करणले सामाजिक संजालमार्फत् उक्त कोठाको फोटो सार्वजनिक गरेका हुन्। उनले लेखेका छन्,'मेरो सन्तानको लागि गौरी खानले तयार गरेको कोठा। यो मेरो लागि प्याराडाइज हो।'
 

निर्माता गौरी खानले व्यवसायिक रुपमा इन्टेरियर डिजाइनिङलाई अघि बढाएकी हुन्। केही समयअघि अभिनेता रणवीर कपूरको घरको आन्तरिक डिजाइनिङ गरेको खबर सार्वजनिक भएको थियो। जसका लागि रणवीरले कृतज्ञता व्यक्त गर्दै लेखेको पत्र गौरीले इन्स्टाग्राममा पोस्ट गरेकी थिइन्।

गौरीको डिजाइन रहेको करण जौहरका दुई सन्तानको नर्सरीलाई सेतो रङ्ग दिइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell