PahiloPost

Jan 14, 2026 | १ माघ २०८२

कहाँ पुग्यो कांग्रेस नेता शाहको हत्या अनुसन्धान? १२ जना पक्राउ



पहिलोपोस्ट

कहाँ पुग्यो कांग्रेस नेता शाहको हत्या अनुसन्धान? १२ जना पक्राउ

जाजरकोट : मंगलबार राति ढुंगा प्रहार गरी हत्या गरिएका जाजरकोटका नेपाली कांग्रेसका युवा नेता रवीन्द्र शाहको हत्या आशंकमा प्रहरीले १२ जनालाई पक्राउ गरी अनुसन्धान कार्य अगाडि बढाएको छ।

पक्राउ पर्नेहरुमा नेपाल कम्युनिष्ट पार्टी (विप्लव)का कार्यकता, स्थानीय ठेकेदार र शाहका साथीहरु समेत रहेका छन्। केही दिनदेखि शाहलाई विप्लव कार्यकर्ता र ठेकेदारहरुले धम्की दिँदै आएकाले उनीहरुलाई अनुसन्धानको क्रममा पक्राउ गरेको जाजरकोट जिल्ला प्रहरी कार्यलका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताए।

पक्राउ परेका व्यक्तिहरुले हत्यामा संलग्नता नभएको बताएपछि प्रहरीले झुट वा साँचो बोलेको पत्ता लगाउन पोलिग्राफ टेष्ट गरेको छ। क्षेत्रीय प्रहरी कार्यलय सुर्खेतबाट आएको टोलीले पोलिग्राफमा गरे पनि रिपोर्ट भने प्रहरीले खुलाउन चाहेन। चार दिन बितिसक्दा पनि प्रहरीले शाहका हत्यारा पत्ता नलगाएको भन्दै नेपाली कांग्रेसको भातृ संगठन तरुण दलले आज जाजरकोट बन्द गरेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell