PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

आइजिपीबारे देउवाले भने- को हुन्छ, हेर्दै जाऊँ



पहिलोपोस्ट

आइजिपीबारे देउवाले भने- को हुन्छ, हेर्दै जाऊँ

विराटनगर : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन निर्धारित समयमै एकै चरणमा हुने बताएका छन्।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुराकानीमा निर्वाचनका लागि सहमति जुटाउन मधेसी मोर्चासँग छलफल भइरहेको र दुई–चार दिनमै सहमति हुने उल्लेख गर्दै उनले भने, 'नेपाली कांग्रेस संविधान संशोधनको प्रस्तावलाई असफल भएको देख्न चाहँदैन।'

मधेसी मोर्चा पनि निर्वाचनमा सहभागी हुने विश्वास व्यक्त गर्दै उनले भने,'पार्टीभन्दा जनता नै निर्वाचनका लागि बढी तयार छन्।'

प्रहरी महानिरीक्षकको नियुक्तिको विषयमा पत्रकारको जिज्ञासामा सर्वोच्च अदालतले कसैको नाम किटेर नभनेको उल्लेख गर्दै उनले भने, 'यसमा कसको नियुक्ति हुन्छ, हेर्दै जाँऊ।' रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell