PahiloPost

Mar 25, 2026 | ११ चैत्र २०८२

मोर्चा र सत्तारुढ दलहरुको बैठक सुरु 



पहिलोपोस्ट

मोर्चा र सत्तारुढ दलहरुको बैठक सुरु 

काठमाडौँ : सत्तारुढ दलहरु र मधेसी मोर्चाको बैठक बालुवाटारमा सुरु भएको छ। संविधान संशोधन र स्थानीय तहको निर्वाचनबारे सत्तारुढ नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस तथा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीचको बैठक बसेको हो। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण अघि दलहरु सीमाङ्कन थाती राखेर संविधान संशोधन गर्ने विषयमा सहमति नजिक पुगेका  थिए। एमालेले संविधान संशोधनको प्रक्रियामा सहयोग गर्ने बताएको थियो। 

प्रचण्डले चीन भ्रमणबाट पुन: संविधान संशोधन र मधेसी मोर्चालाई निर्वाचनमा ल्याउने गृहकार्य सुरु गरेका हुन्। 

बालुवाटामा जारी बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा भने सहभागि छैनन्। कांग्रेसका रामचन्द्र पौडेल, प्रकाशमान सिंह, कृष्ण सिटौला लगायत सहभागि छन्। त्यस्तै मधेसी मोर्चाका तर्फबाट उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतो सहभागी छन्। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell