PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

भारतीय स्थल सेनाध्यक्ष रावत स्वदेश फिर्ता



पहिलोपोस्ट

भारतीय स्थल सेनाध्यक्ष रावत स्वदेश फिर्ता

काठमाडौँ : नेपालको चारदिने औपचारिक भ्रमण पूरा गरी भारतीय स्थल सेनाध्यक्ष विपीन रावत आज स्वदेश फर्किएका छन्। 

प्रधानसेनापति राजेन्द्र क्षत्रीको निमन्त्रणमा नेपाल भ्रमणमा आएका सेनाध्यक्ष रावतलाई राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार राष्ट्रपति भवन शितल निवासमा आयोजित विशेष समारोहमा नेपाली सेनाको मानार्थ महारथीको सम्मान प्रदान गरेकी थिइन्।

नेपाल तथा भारतबीचको अनुपम सांस्कृतिक, धार्मिक एवं ऐतिहासिक तथा मित्रवत सैनिक सम्बन्धको निरन्तरता स्वरुप नेपाली सेनाका प्रधान सेनापतिलाई भारतीय सेनाको मानार्थ महारथी तथा भारतीय सेनाका प्रमुखलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा रहेको छ। 

भ्रमणका क्रममा भारतीय सेनाध्यक्षले प्रधानमन्त्री, रक्षामन्त्री तथा प्रधान सेनापतिसँग शिष्टाचार भेटवार्ता गरेका थिए। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बलाध्यक्ष रथी पूर्णचन्द्र थापाले बिदाइ गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell