PahiloPost

Apr 25, 2026 | १२ बैशाख २०८३

मलेसियामा हत्या गरिएका किम जोङ नामको शव स्वदेश लगियो



पहिलोपोस्ट

मलेसियामा हत्या गरिएका किम जोङ नामको शव स्वदेश लगियो

बेइजिङ : उत्तर कोरियाका नेता किम जोङ उनका सौतेनी दाइ किम जोङ नामको शव प्योङयाङ लगिएको चिनियाँ अधिकारीले शुक्रबार जनाएका छन्।

चीनको विदेश मन्त्रालयका प्रवक्ता लु काङले नियमित पत्रकार सम्मेलनमा मलेसियामा हत्या गरिएका नामको शव स्वदेश पुर्‍याइएको जानकारी दिए।

'अन्तर्राष्ट्रिय अभ्यास र मानवतावादी भावनाअनुसार विदेशमा मारिएका व्यक्तिको शव स्वदेशमा पुर्याउन सहयोग गर्नु हाम्रो दायित्व पनि हो,' उनले भने।

४५ वर्षीय किम जोङ नामको गत फेब्रुअरी १३ मा मलेसियाको क्वालालम्पुर विमानस्थलमा हत्या भएको थियो।

सन् २०१२ मा प्रकाशित एउटा पुस्तकमा उनले आफ्ना सौतेनी भाइमा नेतृत्व गुण नभएको, उनलाई उत्तराधिकारी बनाउने निर्णय गलत भएको, उनकै कारण उत्तर कोरिया अस्थीर भएको लगायतका आरोप लगाउँदै आफ्नो भाइ तथा अहिलेका नेता किम जोङ उनको आलोचना गरेका थिए। रासस/एएफपी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell