
फिल्म्‘रइस’ को प्रमोशनको क्रममा बलिउड अभिनेता शाहरुख खान विभिन्न रेल्वे स्टेशनमा पुगेर प्रचारमा जुटेका थिए। तर राजधानी एक्सप्रेसमार्फत मुम्बईबाट दिल्ली जाँदा वडोदरा रेलवे स्टेसनमा शाहरुख खान पुगेपछि फ्यानहरुबीच भागदौडको अवस्था बनेको थियो। जसका कारण एक व्यक्तीको मृत्यु भयो। १० मिनेट रेल रोकिँदा भएको घटनामा दुई प्रहरी समेत घाइते भएका थिए।
जनवरी २३ भएको घटनामा मारिने मृतक फरहिद खान पठान थिए। मृत्युका कारण वकिल एवं सामाजिक अभियन्ता अंभा सिंहले फेब्रुअरी १० मा शाहरुख खान र फिल्म प्रमोशन कम्पनी विरुद्द प्रहरीमा उजुरी दिएका थिए। लगत्तै फेब्रुअरी १७ मा अर्का कांग्रेस काकार्यकर्ताले उनी विरुद्ध अदालतमा मुद्दा दायर गरेका थिए।
जिल्ला अदालतले रेलवे पुलिसलाई घटनाको उचित छानबिन गरी ४५ दिनभित्र रिपोर्ट पेश गर्न आदेश दिएको थियो।
तर तल्लो अदालतको आदेश विरुद्ध शाहरुख उच्च अदालत पुगेका थिए। गुजरात उच्च अदालतले भने शाहरुखको मुद्दामा तल्लो अदालतको आेदश कार्यान्वयन नगर्न आदेश दिएको थियो।
अदालतको आदेशसँगै अब शाहरुख खानले प्रहरीमा पुगेर बयान दिनु नपर्ने भएको छ। फिल्म रईसको सह निर्माता रहेको कम्पनी एक्सेल इन्टरटेनमेन्टलाई आफ्नो तर्फबाट प्रहरीमा बयान दिन वा साक्षी बोलाउन नपर्ने भएको छ।
उच्च अदालतले अगस्ट ४ मा मु्दाको थप सुनवाई हुनेछ बलिउड हंगामाले जनाएको छ।