PahiloPost

Mar 25, 2026 | ११ चैत्र २०८२

रिलिज टार्गेट सहित 'ब्रेकअप' घोषणा



पहिलोपोस्ट

रिलिज टार्गेट सहित 'ब्रेकअप' घोषणा

काठमाडौं: फिल्म 'ब्रेकअप' बन्ने घोषणा भएको छ। रोहित अधिकारी फिल्मस् र ह्याप्पी प्लानेट फिल्मसको ब्यानरमा फिल्म बन्ने भएको हो।

फिल्म युनिटले प्रिप्रोडक्शनको काम सकेर रिलिज डेट समेत टार्गेट गरेको बताएको छ। फिल्मलाई २०७४ फागुन २ गर्ने सार्वजनिक गर्ने जनाइएको छ। फिल्मका लागि निर्देशक रहने हेमराज बिसीले फिल्म घोषणा पुष्टी गरे। पहिलोपोस्टसँग कुरा गर्दै भने,'फिल्म बन्छ। आवश्यक तयारी हुँदैछ।'

लभस्टोरी जानराको फिल्मका लागि तय कलाकारको नाम सार्वजनिक गरिएको छैन। फिल्मलाई रोहित अधिकारीले निर्माण गर्नेछन्।

यसअघि रोहित फिल्मसको ब्यानरमा बनेको फिल्म गाजलुले बक्सअफिसमा राम्रो रेकर्ड बनाएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell