
काठमाडौं: गायक प्रमोद खरेलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। ‘लाईदेउ न मायाले’ बोलको डान्सिङ नम्बर शुक्रबारबाट युट्युबमार्फत सार्वजनिक गरिएको हो।
संगीतकार राजनराज शिवाकोटीको संगीत निर्देशनमा तयार भएको गीतमा डिपी खनालको शब्द रहेको छ। गीतमा साहस शाक्यको संगीत संयोजन छ भने गीतको भिडियो सम्पादन निशान घिमिरेले गरेका हुन्।
भिडियोमा गायक खरेल र नायिका प्रियंका कार्कीको फिचरिङ रहेको छ। सुव्रत आचार्यले ‘लाईदेउ न मायाले’ गीतको म्युजिक भिडियो निर्देशन गरेका हुन्।
हेर्नुस् भिडियो: