काठमाडौँ : स्थानीय तहको निर्वाचनमा सुरक्षाको लागि गृह मन्त्रालयले बिहीबार ७५ हजार म्यादी प्रहरीको लागि आवेदन मागेको थियो।
सूचनामा मन्त्रालयले १८ वर्ष पूरा भएका र ५४ वर्ष ननाघेका व्यक्तिले म्यादी प्रहरीको लागि आवेदन दिनसक्ने जनाएको थियो। नेपाल प्रहरीले प्रत्येक जिल्ला प्रहरी कार्यालयमा आवेदन दिने व्यवस्था मिलाएपछि म्यादी प्रहरीमा भर्ना हुनको लागि थुप्रै युवायुवतीले आवेदन दिएका छन्।
यसै क्रममा धादिङका महिलाहरुले पनि मलेखुमा म्यादी प्रहरीमा भर्नाका लागि परीक्षा दिएका छन्। यहाँ महिलाको उल्लेख्य सहभागिता रहेको छ। म्यादी प्रहरीको परीक्षामा सहभागी महिला, हेर्नुस् फोटोमा-