PahiloPost

May 2, 2025 | १९ बैशाख २०८२

बंगालको जलवाष्पयुक्त हावाले मौसम बदली



पहिलोपोस्ट

बंगालको जलवाष्पयुक्त हावाले मौसम बदली

काठमाडौँ : बङगालको खाडीबाट आएको जलवास्पयुक्त हावाका कारण बदली भएको मौसम अझै केही दिन जारी रहने विज्ञहरुले बताएका छन्।

उक्त जलवास्पयुक्त हावाको साथै पश्चिम बङ्गाल, भारतको बिहार र नेपालको पूर्वी भेगमा न्यूनचापीय क्षेत्रको विकास भएका कारण मौसम बदलीसँगै विभिन्न भेगमा वर्षा गराएको मौसमविद् वरुण पौडेलले जानकारी दिए।

'यो केही दिन रहन्छ, काठमाडौँ उपत्यकासहित पूर्वी र मध्य भेगमा दिउँसो र साँझपख हल्का वर्षात हुने सम्भावना छ, पश्चिमी भेगमा कुनै समस्या छैन,'–उनले भने।

यसअघि पश्चिमी वायु र स्थानीय वायुको समिश्रणले साता दिन बढी मौसम बदलीसँगै देशका पूर्वी र मध्य भेगका विभिन्न स्थानमा वर्षा भएको थियो।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँको अधिकतम तापक्रम २८ र न्यूनतम १६ डिग्रिसेल्सियस रहेको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell