PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

प्रतिबन्धित भारु नेपाल भित्रिँदै, १० लाख रुपैयाँ सहित भारतीय नागरिक पक्राउ



राधेश्याम पटेल

प्रतिबन्धित भारु नेपाल भित्रिँदै, १० लाख रुपैयाँ सहित भारतीय नागरिक पक्राउ

वीरगन्ज : करिब १० लाख प्रतिबन्धित भारतीय रुपैयाँ सहित एक भारतीय नागरिक पक्राउ परेका छन्।

सशस्त्र प्रहरी पर्साले पुरानो ५ सय र १ हजारको जम्मा ९ लाख ९१ हजार भारु सहित भारतीय नागरिक दिनेश भगतलाई शुक्रबार साँझ पक्राउ गरेको हो। उनी भारत मधुवनी जिल्ला निवासी हुन्।

भारत सरकारले कालो धन नियन्त्रणको लागि रु ५ सय र १ हजारको नोटमा प्रतिबन्ध लगाएको छ। भारत सरकारले भारतीय जनताहरुसँग रहेको पुराना नोट साट्न पटकपटक गरी गत ३१ मार्चसम्म म्याद तोकेको थियो।

प्रहरी स्रोतका अनुसार पक्राउ परेपछि मात्र पुराना नोटबारे घटना सार्वजनिक भएको हो। यसअघि अन्यले पनि सजिलै नेपालमा प्रतिबन्धित रुपैयाँ साट्न भारतीय रुपयाँ नेपाल आइरहेको प्रहरी अधिकृतहरुको अनुमान छ। 

केही दिनअघि मात्रै भारतले नेपालीसँग रहेको ४५ सय भारुसम्म मात्र साट्ने सहमति जनाएको थियो। नेपाल राष्ट्र बैंकका अधिकारीहरुसँग छलफल गर्दै भारतीय पक्षले ४५ सय भारुभन्दा माथि साट्न नसकिने जवाफ दिएको हो।

भारत सरकारले आफ्नो ५०० र १००० दरका नोटमा प्रतिबन्ध लगाएपछि नेपालीसँग रहेको नोट कागजको खोस्टो बराबर भएको छ। नेपालमा ५०० र १००० दरका नोट जनही २५ हजार रुपैयाँसम्म बोक्ने सुविधा भारतले दिएको थियो।

भारतीय केन्द्रीय बैक रिजर्भ बैक अफ इण्डिका (आरबिआई) का कार्यकारी निर्देशन दिपाली पन्त जोशीको नेतृत्वमा तीन सदस्यीय उच्चस्तरीय टोली छलफलका लागि आएको थियो।

भारतले राष्ट्र बैंकलाई सीमित मात्रामा 'प्रतिबन्धित' भारु साट्न सहमति जनाएपछि नेपालका सीमासँग जोडिएका भारतीय बजारबाट पुरानो नोट नेपाल भित्रन थालेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell