PahiloPost

Apr 25, 2026 | १२ बैशाख २०८३

गोली हानी भाउजूको हत्या गर्ने युवक प्रहरी नियन्त्रणमा



पहिलोपोस्ट

गोली हानी भाउजूको हत्या गर्ने युवक प्रहरी नियन्त्रणमा

दाङ : गोली प्रहार गरी हत्या गरेको अभियोगमा फरार एक युवालाई प्रहरीले पक्राउ गरेको छ।

घोराही नगरपालिका–३ बस्ने २८ वर्षीय विक्रम थापालाई ९ एमएम पेस्तोल र ४ राउण्ड गोली सहित प्रहरीले पक्राउ गरेको हो।

थापाले २०७३ मंसिर १९ गते त्रिपुर नगरपालिका–७ बडहरा बस्ने ३० बर्षीया भाउजू पूर्णा थापालाई घरमा बसिरहेको अवस्थामा गोली प्रहार गरी फरार भएका थिए। गोली प्रहारबाट घाइते पूर्णाको उपचारको क्रममा मृत्यु भएको थियो।

अभियुक्त थापा घोराही नगरपालिका–४ मा लुकीछिपी बसेको अवस्थामा उक्त हतियार सहित फेला पारी नियन्त्रणमा लिएको हो।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान बढाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell