PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

इराकमा मार्च महिनामा ५४३ सर्वसाधरणको मृत्यु : राष्ट्रसंघ



पहिलोपोस्ट

इराकमा मार्च महिनामा ५४३ सर्वसाधरणको मृत्यु : राष्ट्रसंघ

बग्दाद : इराकमा मार्च महिनाभरि भएका आतंकवादी आक्रमण, सेना तथा विद्रोही समूहसँग भएका झडपमा गत महिना अर्थात् मार्चमा ५४३ जना सर्वसाधारणको मृत्यु भएको छ। मार्चमा विभिन्न घटनामा ५६१ जना घाइते भएका संयुक्त राष्ट्रसंघले जनाएको छ। 

राष्ट्रसंघको सहयोग सम्वन्धी शाखाले शनिबार जारी गरेको विज्ञप्तिमा उक्त मृतक तथा घाइतेको संख्यामा सुरक्षाकर्मीतर्फको तथ्याङ्क समावेश गरिएको छैन। इराकी सेनाले सेनातर्फको क्षतिबारे सूचना नदिएकाले सेनातर्फ के कतिको मृत्यु भयो र कति घाइते भए भन्ने तथ्याङ्क उपलब्ध हुन नसकेको उक्त संस्थाले जनाएको छ। 

मारिएका प्रायः सबैजना पश्चिमी मोसुलमा सेनाको आतङ्कवाद विरोधी अभियानमा परेका उक्त संस्थाको दाबी छ। 

राष्ट्रसंघ अन्तर्गतको उक्त संस्थाले इराक द्वन्द्वका कारण सन् २०१६ मा छ हजार ८७८ सर्वसाधारणको मृत्यु भएको र १२ हजार ३८८ जना घाइते भएको तथ्याङ्क सार्वजनिक गरेको थियो। रासस/सिन्ह्वा
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell