PahiloPost

Apr 25, 2026 | १२ बैशाख २०८३

निर्वाचन आयोग घेर्न गएका बाबुरामसहित नेता-कार्यकर्ता पक्राउ, हेर्नुस् १२ फोटोमा

निर्वाचन आयोग घेर्न गएका बाबुरामसहित नेता-कार्यकर्ता पक्राउ, हेर्नुस् १२ फोटोमा

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँ : निर्वाचन आयोगको कार्यालयमा धर्ना दिन पुगेका नयाँ शक्तिका नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

केन्द्रमा डा. भट्टराईसहितका पार्टी केन्द्रीय परिषद्का नेताहरु उपस्थित भई कान्तिपथस्थित निर्वाचन आयोगमा धर्ना दिन पुगेका थिए। आइतबार बिहान ९ बजेदेखि पार्टीले आयोगको केन्द्रीय कार्यालयअगाडि धर्ना कार्यक्रम सुरु गरेको थियो। सो क्रममा धर्नामा सहभागी संयोजक भट्टराईसहित नेतृ हिसिया यमी लगायतका नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेर भ्यानमा हालेर लगेको छ।

नयाँ राजनीतिक दललाई दलीय चुनाव चिह्नबाट वञ्चित गरिएको भन्दै डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालले देशभरका निर्वाचन कार्यालयमा धर्ना दिएको छ।

स्थानीय तह निर्वाचन ऐन २०७३ संशोधनको दबाबका लागि भन्दै पार्टीले संघर्ष थालेको हो। केन्द्रीय परिषद्को निर्णय अनुसार ऐन संशोधनका लागि नयाँ शक्तिले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको थियो। राजनीतिक दललाई चुनाव चिह्न नदिई स्वतन्त्रको हैसियतमा चुनावमा भाग लिन पाउने व्यवस्था ऐनले गरेको छ। नयाँ शक्तिले उक्त व्यवस्थालाई निर्दलीय भएको टिप्पणी गर्दै आएको छ। 


ट्रेन्डिङ पोस्ट

Ncell