PahiloPost

Mar 25, 2026 | ११ चैत्र २०८२

आख्यानकार नारायण ढकाललाई हृदयचन्द्रसिंह सम्मान



पहिलोपोस्ट

आख्यानकार नारायण ढकाललाई हृदयचन्द्रसिंह सम्मान

काठमाडौँ : साहित्य सदन नेपालले यस वर्षको ‘हृदयचन्द्रसिंह स्मृति सम्मान’ आख्यानकार नारायण ढकाललाई प्रदान गरेको छ।

वरिष्ठ प्रगतिवादी समालोचक निनु चापागाईंले सो सम्मान शनिबार आयोजित कार्यक्रममा ढकाललाई प्रदान गरे। सम्मानित स्रष्टा ढकालले हृदयचन्द्रसिंहकै पाठशालाको मार्क्सवादी वैचारिकताअनुसार सामाजिक रूपान्तरण अभियान र साहित्यिक आन्दोलनमा आफू क्रियाशील रहेको बताए।

ढकालका ‘शहरयन्त्र’, ‘इरफान अलि’, ‘बहिर्गमन’, ‘आत्महन्ता’, नारायण ढकालका कथा’लगायत कथासङ्ग्रह र ‘पीत संवाद’, ‘दुर्भिक्ष’, ‘प्रेतकल्प’, ‘वृषभ वध’, उपन्यास प्रकाशित छन्। उनलाई रु १० हजार र सम्मान पत्रसहित सम्मान गरिएको छ।

सांसद रामेश्वर फुयाँलले विपन्न वर्गका भोगाइलाई रूपान्तरणको कसीमा घोटेर साहित्य सिर्जना गर्ने कुशल शिल्पी ढकाल सम्मानित हुनु सुखद भएको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell