PahiloPost

Apr 25, 2026 | १२ बैशाख २०८३

प्रहरी हवल्दारकै नेतृत्वमा ६४ तोला सुन चोरी, तीन प्रहरीसहित आठ पक्राउ



पहिलोपोस्ट

प्रहरी हवल्दारकै नेतृत्वमा ६४ तोला सुन चोरी, तीन प्रहरीसहित आठ पक्राउ

काठमाडौँ : काठमाडौँको न्युरोडमा बाहालवाला प्रहरी हवल्दारकै नेतृत्वको एक गिरोहले ६४ तोला सुन चोरी गरेको तथ्य खुलेको छ। प्रहरीले लुटपाटमा संलग्न प्रहरी हवल्दार अजय गुरुङसहितका आठ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा अन्य दुई प्रहरी जवान समेत छन्। प्रहरी जवानद्धय नवीन ढकाल र बलबहादुर थापा पनि पक्राउ परेका छन्। आठ जनाको समूहमध्ये अन्य पाँच जना सुरक्षाकर्मी नभएको प्रहरीले जनाएको छ।

हवल्दार गुरुङ प्रहरीको सोह«खुट्टे बृतमा कार्यरत छन्। 

महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाका प्रवक्ता एसपी प्रकाशजंग कार्कीले घटनाबारे विस्तृत अनुसन्धान भइरहेको बताए। 

न्युरोडमा प्रेमरत्न शाक्यको घरमा रहेको सुन पसलबाट ६४ तोला बराबरका सुनका गहना र १३ हजार रुपैयाँ चोरी भएको थियो। गत शुक्रबार राति भएको चारीबारे उजुरीका आधारमा प्रहरीले प्रारम्भिक अनुसन्धान सुरु गरेको थियो। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell