PahiloPost

Dec 25, 2024 | १० पुष २०८१

गाँजा र चरेस तस्करीको रुट फेरियो, भारतीय बढी सक्रिय



राधेश्याम पटेल

वीरगन्ज : गाँजा र चरेस भारततर्फ तस्करी गर्न पछिल्लो समय भारतीय नागरिक नै सक्रिय भएको पछिल्ला घटनाक्रमले देखाएका छन्।

मकवानपुर, बारा क्षेत्रबाट गाँजा तस्करी गरी बारा र पर्साका ग्रामीण भेगको नाकाबाट भारतको विभिन्न बजार पुर्‍याउने गरेको तथ्य खुलेको हो। सशस्त्र प्रहरी पर्साले शुक्रबार ५ किलो चरेस सहित एक जनालाई पक्राउ गरेपछि तस्करीको नाकाबारे थप जानकारी प्राप्त भएको सशस्त्र प्रहरी बल राजश्व तथा भन्सार गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक सुशील सुवेदीले बताए।

शुक्रबार प्रहरीले भारत विहार, सिकटा बजारका रामबाबु प्रसादलाई पक्राउ गरको थियो। वीरगन्जबाट रक्सौलतर्फ जाँदै गर्दा उनी समातिएका थिए।

त्यसैगरी, मकवानपुर प्रहरीले ७० किलो गाँजासहित ३ जना भारतीयलाई गत चैत १० गते भीमफेदी गाउपालिकाबाट पक्राउ गरेको थियो। बिआर ०५एन ४६३६ नम्बरको भारतीय सुमोमा गाँजा तस्करहरुसँग भारी मात्रामा गाँजा खरिद गरी  वीरगन्जतर्फ आउँदै गर्दा प्रहरीको चेकजाँचमा उनीहरु समातिएका थिए।

पहिले गाँजा र चरेसमा नेपालीहरुको संलग्नता कम हुँदै गएको पनि सुवेदीले जानकारी दिए। 'नेपालीहरुले तस्करीको बाटो छोडन थालेपछि भारतीयहरु बढी सक्रिय भएको पाइएको छ,' प्रहरी नायब उपरीक्षक सुवेदीले बताए।

बाराभन्दा पर्साको भिस्वा, वीरगन्ज, अमरपटी, सवैठवा, सिकटा भिस्वा, पाण्डेपुर, धोरेलगायतको नाकाबाट गाँजा, चरेस भारत लैजाने गरिएको छ। तस्करहरु पहिले पर्सा वन्यजन्तु आरक्षको क्षेत्र रामभौरी भाठा हुँदै भारततर्फ जान्थे भने अहिले उनीहरुको रुट मुख्य राजमार्ग बनेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell