बिबिसी
अमेरिकी खुफिया एजेन्सी एफबिआईले ११ सेप्टेम्बर २००१ मा पेन्टागनमाथि भएको हमलापछिका २७ वटा फोटो सार्वजनिक गरेको छ।
यी फोटो हमला भएको दस वर्षपछि २०११ मा सार्वजनिक गरिएका थिए। तर प्राविधिक गडबडीका कारण ती वेबसाइटबाट हराएका थिए।एफबिआइले फेरि ती फोटो प्राप्त गरेको छ।
पेन्टागनमा आक्रमण भएपछि आपातकालीन सेवा समूहले कसरी आगो नियन्त्रण गर्ने कोसिस गरेको थियो भन्ने कुरा यी फोटो हेरेपछि थाहा हुन्छ। साथै अनुसन्धानकर्ताले कसरीले त्यहाँ खोज अनुसन्धान गर्यो भन्ने पनि अवगत हुन्छ।
११ सेप्टेम्बरमा अपहरणकर्ताहरुले स्थानीय समय अनुसार नौ बजे भर्जिनियाबाट लस ऐजेल्स जाँदै गरेको अमेरिकी एयरलाइन्स उडान संख्या ७७ को विमानलाई अग्लो भवन पेन्टागनमाथि लगेर ठोकेका थिए।
अमेरिकी अधिकारीहरुका अनुसार विमान पेन्टागन भवनको पहिलो र दोश्रो तल्लामा ठोकिएको थियो। जसमा १८४ जनाको मृत्यु भएको थियो।